अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री श्रेष्ठले पहिला राजीनामा दिनुपर्छ: सुदेश पराजुली

युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री श्रेष्ठले पहिला राजीनामा दिनुपर्छ: सुदेश पराजुली


काठमाडौं-नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदेश पराजुलीले बालकुमारी घटनामा प्रहरीको गोली लागेर दुई युवकको घटनाको सम्पूर्ण दोषी गृहमन्त्री नारायणकाजी श्रेष्ठ भएको बताउनु भएको छ।

सामाजिक सञ्जालमार्फत् उहाँले पहिला गृहमन्त्री श्रेष्ठले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गर्नुभएको हो।

पुलिसलाई गोली ठोक्ने आदेश कस्ले दियो ? भन्दै युवा नेता पराजुलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाउन खोजिएकोमा आपत्ति जनाउनु भएको छ। प्रतिवेदनमा मन्त्री ज्वालाको गाडी प्रदर्शनस्थलमा प्रवेश गरेपछि प्रदर्शनकारी उत्तेजित भएको र घटनाले उग्र रूप लिएको भन्दै उनलाई ‘मुख्य दोषी’ करार गरिएको भनिएको छ। त्यही आधारमा ज्वालाको राजीनामाको माग भइरहँदा पराजुलीले पहिले गृहमन्त्री श्रेष्ठलाई छानबिनको कठघरामा उभ्याएपछि सत्य तथा तथा निष्पक्ष छानबिन भएका प्रकाश ज्वाला पनि भागीदार बन्नुपर्ने औंल्याउनु भयो ।

नेता पराजुली भन्नुहुन्छ, ‘आफैं शान्ति सुरक्षाको बागडोर गृहमन्त्रालयको नेतृत्व गर्ने रोजगारीका लागि भौतारिएका दुई होनाहार युवालाई गोली ठोक्ने आदेश दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिला नैतिकता आधारमा राजीनामा दिनु पर्छ’,

गृहमन्त्री श्रेष्ठ आफैँ छानबिनको दायराभित्र उभिनुपर्ने व्यक्तिले आफूलाई जोगाउन अनुकुल छानविन समिति बनाएर नाटक मञ्चन गरिएको नेता पराजुलीको टिप्पणी छ।

Skip This