अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल एसबिआई बैंकद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण

नेपाल एसबिआई बैंकद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण


काठमाडौं-नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडामा वृक्षारोपण गरेको छ।

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत भारतीय स्टेट बैंकका प्रबन्ध संचालक (जोखिम, अनुपालन र एसएआरजी) आलोककुमार चौधरीको उपस्थितिमा वृक्षारोपण गरिएको बैंकले जनाएको छ।

यही फागुन ५ गतेदेखि नेपाल भ्रमणमा रहेका चौधरीले वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, बैंकका सल्लाहकार छपिराज पन्त, बैंकका प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल तथा बैंकका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो।

पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू नियमित रुपमा गर्दै आएको बैंकले जनाएको छ।

बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटीएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

Skip This