अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नामिबियाविरुद्ध नेपाल पहिला ब्याटिङ गर्ने

नामिबियाविरुद्ध नेपाल पहिला ब्याटिङ गर्ने


काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।  आज कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि टस जितेर नामिबियाले फिल्डिङको रोजेको हो । 

यस्तै नामिबियाविरुद्ध नेपालले टिममा एक परिवर्तन गरेको छ । आजको खेलमा गुल्सन झालाई बेन्चमा राख्दै करण केसीलाई मौका दिएका छन् । यसअघि करणले नेदरल्यान्ड्सविरुद्ध प्लेइङ्ग–११ मा स्थान बनाउन सकेका थिएनन् ।