अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीटीईभीटीका उपाध्यक्ष अधिकारीमाथि दुर्व्यवहार, कानुनी कारबाहीको माग 

सीटीईभीटीका उपाध्यक्ष अधिकारीमाथि दुर्व्यवहार, कानुनी कारबाहीको माग 


काठमाडौँ– सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीमाथि दुर्व्यवहार भएको छ । माओवादी वैद्य समूहले अधिकारीमाथि दुर्व्यवहार गरेको हो ।  

वैद्य समूहका डीबी शाही, नर बहादुर कुमाल, लक्ष्मण बिक र नवराज भट्टलगायत ६ जनाको समूहले भक्तपुरस्थित सीटीईभीटीको कार्यालयमा गएर अधिकारीलाई कालोमोसो दल्ने प्रयास गर्दै दुर्व्यवहार गरेका हुन् । त्यसको प्रतिवाद गरेपछि माओवादी वैद्य समूहका कार्यकर्ता भागेको अधिकारीले जानकारी दिनुभयो । 

उनीहरुविरुद्ध सीटीईभीटीका तर्फबाट भक्तपुर प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको अधिकारीले बताउनु भयो । उहाँले दुर्व्यवहारको प्रयास गर्ने वैद्य समूहका कार्यकर्तालाई कानुनी कारबाही गर्न माग गर्नु भएको छ ।

Skip This