अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथरको डेरी बजारमा ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा

पाँचथरको डेरी बजारमा ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा


काठमाडौं-ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा-१२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

यससँगै बैंकको शाखारहित बैंकिङ सेवाहरुको संख्या २७५ पुगेको छ।  फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा-१२ का अध्यक्ष कमल प्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्त रुपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्नुभयो।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन्। 

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सयभन्दा बढी सेवा केन्द्र रहेका छन। 

बैंकले ४६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ।

Skip This