काठमाडौं-शुक्रबारदेखि दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता सुरू भएको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको आयोजनामा सुरू प्रतियोगिताको उद्घाटन समारोहमा ‘हाइटेक’ प्रविधिको प्रयोग गरिएको थियो । त्यस्तै ‘केपी ओली कप’ व्यानर अंकित ड्रोन उडाइएको थियो।
त्यसैगरी उद्घाटन समारोहमा भाग लिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्य पनि एन्फा कम्प्लेक्समा पुग्नुभएको छ।। त्यस्तै पार्टीका नेता, कार्यकर्ता, भ्रातृ संगठनका पदाधिकारी तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति थियो।
आज पहिलो खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। केपी ओली क्लव अनन्त तामाङको कप्तानी र चर्च ब्वाइज दीप कार्कीको कप्तानीमा उत्रिनेछ। प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टीम सहभागी छन्।
दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक गरी कुल १० टीमबीच प्रतिष्पर्धा हुनेछ।
फाइनल खेल फागुन १९ गते हुनेछ। विजेता टीमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ। सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्।




प्रतिक्रिया