अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिन प्रधानमन्त्री प्रचण्डको फोन

एमाले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिन प्रधानमन्त्री प्रचण्डको फोन


काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फाेन गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिनुभएको छ।

प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्रीले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिन फोन गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सुस्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।’

विसं २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मनुभएका अध्यक्ष ओलीले शुक्रबार आफ्नो ७३ औं जन्मदिन मनाउनुभएको हो ।

७३ औं जन्मदिनको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस वर्ष सामान्य रुपमा जन्मदिन मनाउन चाहेको उल्लेख गर्नुभएको थियो।

विसं २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । विसं २०२८ सालको झापा आन्दोलनका क्रममा उहाँ सोही वर्ष जेल पर्नुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओलीले विसं २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गर्नुभएको थियो ।

अध्यक्ष ओली २०७१ सालमा पार्टीको नवौँ महाधिवेशनमा एमालेको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७८ मंसिरमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनमा पनि अध्यक्षमा निर्वाचित हुँदै पार्टीको नेतृत्व गरिरहनुभएको छ।

अध्यक्ष ओली तीन पटक तीन पटक प्रधानमन्त्री हुनुभइसकेको छ।