अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शान्ता चौधरीसँग मलाई मन पर्ने टिमुर र लसुनको अचार किनेँ: अध्यक्ष ओली

शान्ता चौधरीसँग मलाई मन पर्ने टिमुर र लसुनको अचार किनेँ: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीसँग ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार खरिद गर्नुभएको छ।

अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत शान्ता चौधरीसँग अचार खरिद गरेको फोटो सहितको जानकारी सार्वजनिक गर्नुभएको हो ।

अध्यक्ष ओलीले लेख्नुहुन्छ, ‘शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ। उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन्। मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ। शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ। आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना। शान्ताजीलाई बधाई ।’

आइतबार ओली निवास बालकोटमा चौधरी अचार लिएर पुग्नुभएको थियो।

पूर्व सांसद चौधरीले आफूले उद्योग सञ्चालन गरी अचार उत्पादन गरेकोमा अध्यक्ष ओलीले खुसी व्यक्त गरेको बताउनु भयो। अध्यक्ष ओलीले ४ सय ग्रामका प्याकिङ भएका टिमुर र लसुनको ४ हजार रुपैयाँ बराबरको अचार खरिद गरेको बताउनुभयो । राजनीतिमा लाग्ने व्यक्ति आफ्नो व्यवसायमा आत्मनिर्भर हुनुपर्छ, उद्यम व्यवसायतर्फ जोडिनुपर्छ भन्ने पार्टी अध्यक्ष ओलीको प्रेरणाबाट नै आफूले अचार उद्योग सुरु गरेको उल्लेख गर्नुभयो।

Skip This