अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज यी तीन प्रदेशमा हिमपात र छिटफुट वर्षा हुने

आज यी तीन प्रदेशमा हिमपात र छिटफुट वर्षा हुने


काठमाडौं -आज कोसी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली भएको छ। बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति पनि छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।