काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा पुगेर वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ।
आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि पुग्नुभएको छ।




प्रतिक्रिया