काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ गायक तथा संगीतकार स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ।
सोमवार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौंको नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएको अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले नेपाली सांगीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताउनु भयो। उहाँले स्व. आचार्यले नेपाली भजनलाई नयाँ आयाम दन सफल व्यक्तिको रूपमा चिन्ने गरेको पनि बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली सांगीतिक जगतका एउटा सुविख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दिन सफल भजन शिरोमणिको उपाधिबाट विभूषित, जनस्तरमा अत्यन्त लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पु-याउने भक्तराज आचार्य हामीमाझ रहनुभएन, यो अत्यन्त दुःखको कुरा हो र अपूरणीय क्षति हो।’
अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्याएको बताउनुभयो।




प्रतिक्रिया