अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिटरब्याज पीडितहरूको खाली खुट्टा पैदल मार्च

मिटरब्याज पीडितहरूको खाली खुट्टा पैदल मार्च


काठमाडौँ-मिटरब्याजविरुद्ध आन्दोलनमा रहेका पीडितहरूले आज खाली खुट्टा पैदल मार्च गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।  भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा सुरु गरेर भद्रकाली- शहीद गेट, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरेका हुन्। 

सरकारसँगको सहमतिपछि आन्दोलन स्थगित गरेको १७ महिनामै मिटरब्याज पीडितहरू फेरि आन्दोलित भएका छन् । यसअघि भएको सहमतिलाई ‘धोका’ भन्दै उनीहरू विभिन्न मागसहित आन्दोलित भएका हुन् ।

विगतमा गरिएका सहमति सरकारी पक्षबाट धोका भएको उनीहरूको आरोप छ । सरकारी पक्षबाट विगतको जस्तो धोका नहुने तथा विद्यमान समस्यालाई सदाको लागि अन्त्य गर्नका लागि संघर्ष समितिको तर्फबाट विभिन्न माग अघि सारिएका छन् ।