काठमाडौं-फुटपाथमा हिँड्न नदिएको भन्दै चौतर्फी आलोचना भएपछि गठबन्धन सरकारले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ।
लघुवित्तपीडितहरु सोमबार बलजफ्ती संसद् भवन प्रवेश गरी नाराबाजी गरेपछि प्रहरीले संसद् भवन नयाँ बानेश्वरसहित सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय अगाडिको सडकपेटीलाई निषेधित क्षेत्रभन्दै डोरी लगाएको थियो ।
सडकपेटीमा डोरी लगाइएपछि सर्वसाधारण पैदलयात्री सडकबाटै हिँड्न बाध्य भएका थिए । पैदल हिँड्न गाह्रो भएको गुनासो बढेपछि डोरी हटाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया