अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

शर्मिला वाइवालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं-हास्य कलाकार पवन खतिवडा (म्याकुरी)लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले हिजोबाट लागू हुने गरी ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले मंगलबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट वाइवालाई पक्राउ गरेको थियो ।

वाइबाविरुद्ध कुटपिट सम्बन्धी अभियोग दावी भएमा उनलाई अधिकतम ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ। मुलुकी अपराध संहिता २०७४ को दफा एक सय ९१ मा कुटपिट गरेमा हुने सजायबारे उल्लेख छ। वाइबा हाल महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा हुनुहुन्छ।