अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपुर थिमि नगरपालिकाद्वारा शिक्षक माग

मध्यपुर थिमि नगरपालिकाद्वारा शिक्षक माग


काठमाडौँ– मध्यपुर थिमि नगरपालिकाले शिक्षकका लागि आवेदन माग गरेको छ । नगरपालिकाले करार सेवामा पूर्वप्राथमिक (ईसीडी) शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि दरखास्त आह्वान गरेको हो । 

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्नेगरी शिक्षक/प्रशिक्षक/प्राविधिक जनशक्ति मागेको जनाएको छ ।  

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।