अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान गठबन्धन सरकारका कारण अर्थतन्त्र संकटमा: अध्यक्ष ओली

वर्तमान गठबन्धन सरकारका कारण अर्थतन्त्र संकटमा: अध्यक्ष ओली


 काठमाडौं-वर्तमान गठबन्धन सरकारका कारण देशको अर्थतन्त्र संकटमा परेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ।

शुक्रबार नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताउनुभयो। अहिले अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको ओलीले टिप्पणी गर्नुभयो। कोभिड पछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उहाँले प्रष्ट पार्नुभयो ।