अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन सरकारले देश र जनताको पक्षमा केही गर्न सकेन: शंकर पोखरेल

गठबन्धन सरकारले देश र जनताको पक्षमा केही गर्न सकेन: शंकर पोखरेल


जनकपुर-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता गठबन्धन सरकारको देश र जनताको हितमा काम गर्न नसकेको बताउनु भएको छ। 

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले सरकाले देशको स्वाभिमानको रक्षा समेत गर्न नसकेको बताउनुभयो । ‘यो सरकारले जनता र देशको पक्षमा त केही गर्न सकेन’, महासचिव पोखरेलले भन्नुभयो। 

महासचिव पोखरेलले अहिले नागरिकमा व्यवस्था प्रति देखिएको असन्तुष्टि सरकारको असक्षमताको कारण भएको बताउनुभयो। ‘सरकार गलत छ, व्यवस्था होइन’, पोखरेलले भन्नुभयो ।

नेपाल अहिले इतिहासकै कमजोर अवस्थामा रहेको उहाँले बताउनुभयो। सरकारले देश र जनताको हितमा काम गर्न नसकेको पोखरेलले बताउनुभयो। देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको प्रश्न यतिबेला इतिहासकै कमजोर भएको पोखरेलले बताउनुभयो । ‘इतिहासकै कमजोर छ’ उहाँले भन्नुभयो ।

नेपालको हित र सरोकारका प्रश्नमा छिमेकीसँग संवाद गर्न र देशको हितमा काम गर्ने सामर्थ्य सरकारसँग नरहेको उहाँले बताउनुभयो । यो कुरालाई बदल्नु पर्ने भए पनि गठबन्धन सरकारमा रहँदासम्म यो अवस्था बदलिने सम्भावना नरहेको पोखरेलले बताउनुभयो ।

गठबन्धन सरकारको गतिविधिको कारण निराश भएर युवा विदेश पलायन हुँदै गएका पोखरेलले बताउनुभयो । ‘मुलुकको भविष्य अँध्यारो देख्दा मानिसहरूमा निराशा बढेको छ’, उहाँले भन्नुभयो ।

सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारका फाइल खोल्दा आफ्ना मान्छेका अनुहार देखिएपछि पछाडि फर्कने गरेको पोखरेलले बताउनुभयो । यसले सरको चरित्र स्पष्ट भएको उहाँले टिप्पणी गर्नुभयो ।

जनतालाई आशा जगाउन नेकपा एमालेले झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा चलाएको उहाँले जानकारी दिनुभयो । अब मधेस केन्द्रिय त्यस्तै प्रकृतिको यात्रा सञ्चालन हुने उहाँले बताउनुभयो ।