अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन एमाले अध्यक्ष ओली चितवन

भरतपुर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन एमाले अध्यक्ष ओली चितवन


चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन चितवनको भरतपुर पुग्नुभएको छ।

केहीबेर अघिमात्र अध्यक्ष ओली चितवनको भरतपुर पुग्नुभएको हो । नारायणी नदी किनारमा जारी कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका ओली पुग्दा कार्यक्रम जारी थियो।

चितवनको भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ शुक्रबारदेखि भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन सुरू भएको छ। भरतपुर महानगरपालिकाद्वारा आयोजित भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उद्घाटन गर्नुभयो । नारायणी नदी किनारमा भव्यरूपमा उद्घाटन समारोह जारी छ।

उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालका साथै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा,  केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी उद्घाटन समारोहमा उपस्थित भएका छन् । त्यसैगरी प्रदेशका मुख्यमन्त्री तथा प्रमुखहरू पनि सहभागी छन् ।