अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुरमा पर्यटनको प्रचुर सम्भावना छ: अध्यक्ष ओली

भरतपुरमा पर्यटनको प्रचुर सम्भावना छ: अध्यक्ष ओली

गीतमार्फत भन्नुभयो: 'लौ हिँड चितवन, दुई दिनको जिन्दगी बिताउन’


चितवन-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर घुम्न आउन गीतमार्फत अनुरोध गर्नुभएको छ।

भरतपुर महानगरले आयोजना गरेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रमण वर्ष कार्यक्रमका उद्देश्य भव्य ढंगले सफल हुन सकुन् भन्ने शुभकामना पनि दिनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘म यहाँबाट भरतपुर घुम्न आउन अनुरोध गर्दछु। गीतै छ नि, ‘लौँ हिँड चितवन दुई दिनको जिन्दगी बिताउन.. ।’

अध्यक्ष ओलीले आगामी एक वर्षभित्र आफू सपरिवार चितवन भ्रमणमा आउने प्रतिबद्धता पनि जनाउनुभयो । अध्यक्ष ओलीले भरतपुरको प्रशंसा गर्दै भन्नुभयो, ‘भरतपुर विशेष प्रकारको ठाउँ हो । पवित्र नारायणी नदीको किरानमा अवस्थित सुन्दर महानगरपालिका हो।’

उहाँले समग्र चितवनको विकासका लागि भ्रमण वर्षलाई केन्द्रित गर्न सुझाव पनि दिनुभयो । चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उहाँले आफ्नो समयमा नेपालका नदीको बाटोबाट गंगा नदी जोड्ने, कोशी गण्डकी नारायणी नदीबाट कलकत्ता बन्दरगाहसम्म जाने योजना बनाएको तर मानिसहरुले कुरा नबुझेर उडाउने काम गरेको पनि बताउनुभयो।

अहिले नारायणी नदीमा स्टीमर चल्न थालेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भरतपुरको प्रगति तीव्र गतिमा हुन सक्ने बताउनुभयो।