अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले पानी जहाजको कुरा गर्दा केही मानिसले कुरा बुझेनन्: अध्यक्ष ओली

मैले पानी जहाजको कुरा गर्दा केही मानिसले कुरा बुझेनन्: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताउनुभएको छ।
शुक्रबार भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर मानव र जंगली जनावरको गजबको मेल र अलि अलि संघर्ष समेत भएको ठाउँ भएको बताउनुभयो।

आफू प्रधानमन्त्री हुँदा नदीको बाटोबाट कलकत्ता बन्दरगाहसम्म जाने बाटोलाई जोड्ने काम अघि बढाएको अध्यक्ष ओलीले बताउनुभयो। आफूले पानी जहाजको कुरा गर्दा सुरुमा मानिसहरूले कुरा नबुझेका बताउँदै ओलीले अहिले कम्तीमा नारायणी नदीमा स्टिमर चल्न लागेका भन्दै खुसी व्यक्त गर्नुभयो।

आफ्नो पालोमा पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको बनाउने काम तथा हुलाकी मार्ग निर्माण लगायतका काम भएका उहाँले स्मरण गराउनुभयो । आफ्नो पालामा नारायणी नदी नियन्त्रण, सभा हल निर्माण, औद्योगिक क्षेत्र घोषणालगायतका काम भएको आलीले बताउनुभयो । ‘मलाई लाग्छ, यस ठाउँको विकास तीव्र गतिमा हुन सक्छ’, उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले भरतपुर भ्रमण वर्षलाई चितवन भ्रमण वर्षको रूपमा अघि बढाउनु पर्ने बताउनुभयो । भ्रमण वर्षलाई समग्र चितवनको विकासका रूपमा लिनु पर्नेमा उहाँले जोड दिनुभयो।

अध्यक्ष ओलीले चितवनलाई शिक्षा, स्वास्थ्य, कृषि पर्यटन हरेक क्षेत्रको हब बनाउन सकिने उहाँले बताउनुभयो । ‘चितवनलाई शिक्षाको हब, स्वास्थ्यको हब बनाउन सकिन्छ’, उहाँले भन्नुभयो ।

चितवनले कृषि, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा पनि विकास गर्न सक्ने उहाँले प्रष्ट पार्नुभयो । उहाँले आगामी एक वर्षको बिचमा आफू पनि सपरिवार चितवन घुम्न आउने ओलीले बताउनुभयो । ‘यो त रमाइलोसँग जिन्दगी बिताउने ठाउँ हो, यहाँ बोटिङ गरे हुन्छ, बागवानी हेरे हुन्छ’, उहाँले भन्नुभयो ।