चितवन-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताउनुभएको छ।
भरतपुर महानगरले आयोजना गरेको भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले भरतपुरको प्रशंसा गर्दै भन्नुभयो, ‘भरतपुर विशेष प्रकारको ठाउँ हो । पवित्र नारायणी नदीको किरानमा अवस्थित सुन्दर महानगरपालिका हो।’
अध्यक्ष ओलीले भरतपुर भ्रमण वर्षलाई चितवन भ्रमण वर्षको रूपमा अघि बढाउनु पर्ने बताउनुभयो । भ्रमण वर्षलाई समग्र चितवनको विकासका रूपमा लिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष ओलीले चितवनलाई शिक्षा, स्वास्थ्य, कृषि पर्यटन हरेक क्षेत्रको हब बनाउन सकिने उहाँले बताउनुभयो । ‘चितवनलाई शिक्षाको हब, स्वास्थ्यको हब बनाउन सकिन्छ’, उहाँले भन्नुभयो ।
चितवनले कृषि, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा पनि विकास गर्न सक्ने उहाँले प्रष्ट पार्नुभयो । उहाँले आगामी एक वर्षको बिचमा आफू पनि सपरिवार चितवन घुम्न आउने ओलीले बताउनुभयो । ‘यो त रमाइलोसँग जिन्दगी बिताउने ठाउँ हो, यहाँ बोटिङ गरे हुन्छ, बागवानी हेरे हुन्छ’, उहाँले भन्नुभयो ।




प्रतिक्रिया