अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यालयको पढाइले मात्र पठन संस्कृतिको विकास हुँदैनः अध्यक्ष ओली

विद्यालयको पढाइले मात्र पठन संस्कृतिको विकास हुँदैनः अध्यक्ष ओली


काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली विद्यालयको पढाइले मात्रै पठन संस्कृतिको विकास नहुने बताउनुभएको छ। 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन आज यहाँ उद्घाटन गर्दै उहाँले पढन संस्कृतिको विकास गर्नका लागि हरेक नागरिक सचेत हुनुपर्ने बताउनुभयो । खोज, अनुसन्धान, लेखन र सिर्जनशीलको विकास गर्नसके पठन संस्कृतिको विकास गर्न सकिने उहाँको भनाइ थियो।

अध्यक्ष ओलीले कोरोना महामारीपछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उल्लेख गर्नुभयो। ‘अहिलेको अर्थतन्त्र कोरोना भाइरसले ओरालो लागेको होइन। कोरोना भाइरसले अर्थतन्त्र ओरालो लाग्थ्यो भने अमेरिका, चीन भारतलगायत देशको अर्थतन्त्र ऋणात्मकमा झरेको हुने थियो”, उहाँले “सबै देश पुरुत्थान भइसके। तर हामी जहाँको त्यहीँ छौँ ।’

उहाँले नेपालको राजनीतिक परिस्थितिमा कुन बेला को सरकारमा हुन्छ को हुँदैन भन्ने कुरा भन्न नसक्ने अवस्था रहेको बताउनुभयो। अध्यक्ष ओलीले एमाले इतिहास र जिम्मेवारी बोकेका देश बनाउने भिजन रहेको पार्टी रहेको बताउनुभयो। नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पुस्तकले मानिसको ज्ञान बढाउने भन्दै अहिले सामाजिक सञ्जालको कारणले पठन संस्कृति हराउँदै गएको बताउनुभयो। उहाँले पुस्तकमा सरकारले अनावश्यक कर लगाउन नहुने भनाइ राख्नुभयो। भोलिसम्म सञ्चालन महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। रासस