अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुथी विद्रोहीको आक्रमणमा परेको बेलायती जहाज एडनको खाडीमा डुब्यो

हुथी विद्रोहीको आक्रमणमा परेको बेलायती जहाज एडनको खाडीमा डुब्यो


लण्डन- हुथी विद्रोहीको आक्रमणमा परेको दुई हप्तापछि बेलायतमा दर्ता भएको एउटा मालवाहक जहाज एडनको खाडीमा डुबेको छ । यमनको सरकारका अनुसार रुबीमार नाम गरेको जहाजमा बिस्तारै पानी भरिएर डुब्न पुगेको हो । 

प्यालेस्टाइनमा इजरायलले गरेको आक्रमणको विरोधमा लाल सागरमा इरान समर्थित विद्रोहीले मालवाहक जहाजलाई निशाना बनाउँदै आइरहेको छ । विद्रोहीहरूको आक्रमणमा परेर डुबेको रुबीमार पहिलो जहाज हो । 

जहाजले रासायनिक मलहरू बोकेको थियो । विज्ञहरूले जहाज डुब्दा वातावरणमा ठुलो असर पुग्ने चेतावनीसमेत दिएका छन् । एडनको खाडीमा यात्रा गरिरहेका बेला हुथी विद्रोहीले प्रहार गरेका दुईवटा मिसाइल रुबीमारमा लागेको थियो । १० दिनअघि बेलायती सरकारले जहाजमा पानी भरिन थालेको र त्यहाँ सवार २४ जना चालक दलका सदस्यलाई उद्धार गरिएको जानकारी दिएको थियो । –बीबीसी