अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बाराको जीतपुरसिमरा-३ मा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

बाराको जीतपुरसिमरा-३ मा बस दुर्घटना हुँदा १७ यात्रु घाइते


हेटौँडा- पुर्व-पश्चिम राजमार्गमा पर्ने बाराको जीतपुर सिमरा वडा-२२ स्थित ३ नम्बर पुलमा आज दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन्।

ना ६ ख ९०३० नम्बरको बस ३ नम्बर पुलबाट खोलामा खसेर दुर्घटना हुँदा उनीहरू घाइते भएका मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो।

धनगढीबाट विराटनगरको लागि छुटेको बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा ल्याइएको भण्डारीले बताउनु भयो।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घाइतेमध्ये १२ महिला, ३ पुरुष र २ जना बालबालिकाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।