बागलुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक एकताका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ।
बुधबार बागलुङको सर्वसिद्विधाम पञ्चकोटमा चलिरहेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा पुगेर अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो। उहाँले ब्रह्माण्डीय महायज्ञ मानव जातीको कल्याणको लागि भएको भन्दै प्रसंसा गर्नुभयो।
अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’भन्ने नारा आफूले अगाडि सारेको बताउनुभयो। उहाँले भन्नभयो, ‘समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा आफुले अगाडि सारेको र अहिले स्वामीले सारा जगतलाई समृद्ध बनाउने नारा ल्याउनु भएको रहेछ, खुशी छु।’
१० वर्ष अघि आफू पन्चकोटमा आएको कुरा स्मरण गर्दै उहाँले आफू प्रधानमन्त्री हुँदा पन्चकोटको लागि सहयोग गर्न नसकेको बताउनुभयो । उहाँले नेपालमा धेरै धर्म संस्कृति मान्नेहरु भए पनि धर्मको नाममा सद्भाव कायमै राख्न सफल भएको उल्लेख गर्नुभयो।




प्रतिक्रिया