अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धर्मको नाममा द्वन्द्व निम्त्याउने कोसिस हुँदैछ: अध्यक्ष ओली

धर्मको नाममा द्वन्द्व निम्त्याउने कोसिस हुँदैछ: अध्यक्ष ओली


बागलुङ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धर्मका नाममा द्वन्द्व मच्याउनेहरु सक्रिय हुन थालेको बताउनुभएको छ।

बागलुङको पञ्चकोटमा ब्रमण्डीय महायज्ञको समापन समारोहलाई बुधबार सम्बोधनका गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

नेपाल बहुधार्मिक, बहुभाषिक राज्य भए पनि धर्मको नाम भँजाएर स्वार्थको खेती गर्नेहरू सक्रिय हुन थालेको अध्यक्ष ओलीले बताउनुभयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘जाति र धर्मका नाउमा द्वन्द्व निम्त्याउने कोसिस भइरहेको छ, यो नेपाल र नेपालीको लागि दुःखद कुरा हो। त्यसैले हामी सचेत हुनु पर्छ। नेपाली धर्मका नाममा द्वन्द्व र काटाकाट गर्दैनन् । त्यो धर्म होइन।’

सर्वे भवन्तु सुखिन्, सर्वे सन्तु निरामय भन्ने वाक्यांशले नेपाली सबैलाई सुखी र खुसी बनाउने भन्दै उहाँ नेपालीहरूले मिलेर बस्ने धर्म मान्दै आएको बताए पनि दाबी गर्नुभयो।

अध्यक्ष ओलीले मानिसको चेतना र भावनालाई ठीक पारे मान्छेद्वारा सिर्जित समस्या समाधान हुने बताउनुभयो।

Skip This