अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षामा महिलाको भुमिकाको खोजी

शिक्षामा महिलाको भुमिकाको खोजी



भक्तपुर -११४ औ अन्तर्राष्ट्रिय महिला दिवशको सन्दर्भ पारेर काठमाडौमा शिक्षामा महिला विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
खबर एजुकेशनको आयोजना र अक्षरा स्कुलको संयोजनमा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य दिपा शर्माको प्रमुख आतिथ्यता रहेको थियो । साँसद शर्माले महिलाको नेतृत्वमा भएका विद्यालयको शैक्षिक गुणस्तर पनि अब्बल रहेको उहाँले बताउनुभयो । विद्यालयको नेतृत्वमा महिला हुँदा बालबालिका र समुदायमा हौसला हुने भएकोले सकारात्मक विभेदको नीति अन्तरगत पनि महिलालाई शैक्षिक संस्थाको नेतृत्वमा पुर्याउनु पर्नेमा साँसद शर्माको जोड थियो । कार्यक्रममा खुल्ला विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शिलू मानन्धर, सुचना आयोगकी आयुक्त कमला ओली लगायतले बोल्नु भएको थियो
कार्यक्रमका वक्ताहरुले शिक्षाको पहुँच, गुणस्तरीय शिक्षा तथा शिक्षाको समग्र विकासमा महिला सहभागीता र नेतृत्वमा जोड दिएका थिए ।