अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने 

काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने 


काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ । आज बिहान १०  देखि दिउँसो २ बजेसम्म काठमाडौँका विभिन्न स्थानमा  विद्युत् सेवा अवरुद्ध हुने भएको हो । 

नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी, बालुवाटार क्षेत्रमा चार घण्टा बत्ती नआउने जानकारी दिएको छ ।

उक्त क्षेत्रमा केबल रेजिङ, भूमिगत प्रसारण लाइन निर्माण लगायतका कार्य गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।

उक्त काम समय अगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा अगाडि नै विद्युत् सेवा सुरु गरिने प्राधिकरणले जानकारी दिएको छ ।