अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पढ्नलाई उमेरले छेक्दैनः ४१ वर्षको उमेरमा कक्षा‑९ को परीक्षा दिंदै भीम बुढाथोकी

पढ्नलाई उमेरले छेक्दैनः ४१ वर्षको उमेरमा कक्षा‑९ को परीक्षा दिंदै भीम बुढाथोकी


उदयपुर-इच्छाशक्ति भए पढ्न चाहनेलाई उमेरले छेक्दैन भन्ने उदाहरणीय पात्र बन्नुभएको छ– भिमबहादुर बुढाथोकी। उदयपुरको रौतामाई गाउँपालिका वडा(६, रबुवाका बुढाथोकीले ४१ वर्षको उमेरमा कक्षा‑९ को वार्षिक परीक्षा दिनुभएको हो।

रौतामाई गाउँपालिका वडा(४ तल्ल्लो मालबासेस्थित श्री सरस्वती माविबाट कक्षा‑९ को वार्षिक परीक्षा दिइरहेको भिमबहादुर बुढाथोकीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘म अहिले ४१ वर्षको भएँ। यसपाली कक्षा‑९ को वार्षिक परीक्षा दिंदैछु। अहिलेसम्म सबै विषयको परीक्षा राम्रो भएको छ। नेपाली अरु विषयभन्दा सजिलो लाग्छ, अंग्रेजी, विज्ञान र गणित अलि गाह्रो लाग्छ। तर, पास हुने गरी परीक्षा दिएको छु। हिमम्त भने हारेको छुइनँ।’

साविक श्री सरस्वती प्राविबाट कक्षा‑५ पास गरेपछि कक्षा‑६, ७ र ८ रौतामाई गाउँपालिकाकै श्री मावि सल्लेबाट उत्तीर्ण गरेको बुढाथोकीले बताउनु भयो। कक्षा‑८ उत्तीर्ण गरेपछि घरायसी कारणले गर्दा पढ्न छोडेको उहाँले बताउनुभयो।

श्री सरस्वती माध्यमिक विद्यालयमा नै कार्यालय सहयोगी  रुपमा काम गरेको १० वर्ष भएको कुरा पनि सुनाउनुभयो। ‘कतिबेला पढ्न हुन्छ त रु’ भनेर प्रश्न गर्दा, उहाँले भन्नुभयो, ‘बिहान ९स्३० विद्यालय पुग्छु। त्यसपछि विद्यालयमा दैनिक हुने कामहरु गर्छु। विद्यालयको कामसकेपछि समय मिल्नसाथ कक्षामा बसेर पढ्छु। दैनिक रुपमा भने सबै विषयहरु त पढ्न पाउँदिनँ। घरमा पनि गाई(भैंसी, खसी(बाख्रालाई घाँस, पानी र घरधन्दा सकेपछि बिहान(बेलुका समय मिलाएर पढ्छु।’

बेलैमा पढ्न छोडेकोमा पश्चताप भएको बुढाथोकीले गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, ‘कम्तिमा मैले एसएलसी ९एसईई० त पास गर्नुपथ्र्यो। तर समयमा बुद्धि पुगेन। पढ्न छोडेर गल्ति गरें। जे होस् ढिलै भए पनि बुद्धि आएको छ। अब कक्षा १२ सम्म पास गर्न सके अत्ति उत्तम हुने थियो।’

२०८० चैत २ गतेदेखि बुबाले म सँगै कक्षा‑९ को वार्षिक परीक्षा दिंदै हुनुहुन्छ, उहाँकी छोरी उमा बुढाथोकीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘बुबाले मसँगै कक्षा(९ वार्षिक परीक्षा दिंदै हुनुहुन्छ रु बुबाको मिहेनत र लगाव देखेर मलाई पनि हौसला र प्रेरणा मिलेको छ।’

कक्षा‑९ मा १५ जना विद्यार्थीमध्ये दुई जनाले विद्यालय छाडे भने अहिले १३ जना विद्यार्थीले वार्षिक परीक्षा दिइरहेको श्री सरस्वती माविका प्रअ कमल बस्नेतले जानकारी दिनुभयो। प्रअ बस्नेतले भन्नुभयो, ‘कक्षा‑९ मा १५ जना विद्यार्थी थिए। १५ जनामध्ये दुई जनाले विद्यालय छाडे भने अहिले १३ जना विद्यार्थीले अन्तिम परीक्षा दिइरहेका छन्। यी १३ जनामध्ये भिम बुढाथोकी एक हुन्। उहाँले पनि अरु विद्यार्थी भाइबहिनीहरूसँग कक्षा‑९ परीक्षा दिंदै हुनुहुन्छ। उहाँलाई अग्रिम शुभकामना छ १ बुढाथोकी यस विद्यालयको कर्मचारी पनि हुन्। उहाँ मिलसार, मिहेनेती र इमान्दर हुनुहुन्छ।’

तस्वीर सौजन्यः श्री सरस्वती मावि, रौतामाई गाउँपालिका-४, उदयपुर