अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृष्णबहादुर महरालाई आज हाजिर जमानीमा छाड्ने तयारी

कृष्णबहादुर महरालाई आज हाजिर जमानीमा छाड्ने तयारी


काठमाडौं-नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई शुक्रबार हाजिर जमानीमा छाड्ने तयारी भएको छ।  बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

सीआईबी अनुसार आज उहँलाई हाजिर जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय हुनेछ। यद्यपि उहाँको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी भएको बताइएको छ।

उहाँलाई बयानपछि नर्भिक अस्पतालमै भर्ना गरिएको छ। बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने क्रम दुई दिन जारी रह्यो। बयानका क्रममा महराको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ।

स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न लागिएको हो।

गत चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ हुनुभएका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको थियो।

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको थियो। सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसक्नुभएको छ । राहुल हाल पुर्पक्षका लागि थुनामा हुनुहुन्छ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले घटनामा संलग्न रहेको भन्दै महराविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही सिफारिसपछि उहाँलाई सीआईबीले पक्राउ गरेको थियो।