अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चौधरी समूहले हडपेको बाँसबारीको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता

चौधरी समूहले हडपेको बाँसबारीको १० रोपनी जग्गा सरकारकै नाममा फिर्ता


काठमाडौँ-काठमाडौँ महानगरपालिका-३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ।

भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले शुक्रबार चाँदबाग रेसिडेन्सीको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो।

भूमि व्यवस्था मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छबिलाल नेपालीले भन्नुभयो, ‘मालपोत ऐन २०३४ को दफा २४ अनुसार यो जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याएका छौं।’

२०४४ सालमा च्याम्पियन फुटवेयरको नाममा हडपिएको उक्त जग्गा अहिले चौधरी ग्रुप सञ्चालक रहेको चाँदबाग रेसिडेन्सी प्रालिको नाममा थियो।

मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमतिबिना उक्त जग्गा फुटवेयरको नाममा लगिएको थियो। सो विषयमा सांसद विनोद चौधरी, उनका भाइ वसन्त र अरुण चौधरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ।