अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसईईका विद्यार्थीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले भन्नुभयो: आत्मविश्वासका साथ परीक्षा दिनुस्

एसईईका विद्यार्थीलाई शुभकामना दिँदै अध्यक्ष ओलीले भन्नुभयो: आत्मविश्वासका साथ परीक्षा दिनुस्


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना दिनुभएको छ।

अध्यक्ष ओलीले आज साँझ एसईई दिन लागेका केही विद्यार्थीहरुसँग जुममा कुराकानी गर्दै परीक्षामा सफलताको शुभकामना दिनुभएको हो। उहाँले विद्यार्थीहरुको हातमा बुबाआमा, साथी सबैलाई खुशी बनाउने जिम्मेवारी रहेको भन्दै राम्ररी अध्ययन गरेर परीक्षा दिन आग्रह गर्नुभयो।

अध्यक्ष ओलीले विद्यार्थीहरुसँग कुराकानी गरेको सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् सार्वजनिक गर्नुभएको हो । उहाँले भन्नभएको छ, ‘पर्सिदेखि एसईई परीक्षा सुरू हुँदैछ। परीक्षाको तयारीमा रहेका भाइबहिनीहरूसँग आज एकैछिन कुरा गर्ने अवसर मिल्यो । ढुक्कसँग, आत्मविश्वासका साथ परीक्षा दिनुस्, सफलता पाउनुस्। सबैलाई शुभकामना।’