अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती प्रदेश कमिटीद्वारा १४ बुँदे प्रस्ताव पारित 

एमाले बागमती प्रदेश कमिटीद्वारा १४ बुँदे प्रस्ताव पारित 

महँगी र कालोबजारी नियन्त्रण गर्न माग 


काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश कमिटीले १४ बुँदे प्रस्ताव पारित गरेको छ । यही चैत १४ गते अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षमा बसेको प्रदेश कमिटीको बैठकले १४ बुँदे प्रस्ताव पारित गरेको हो । 

बैठकले जनतामा छाएको निराशालाई चिर्दै, भरोसा जगाउने वर्तमान संयुक्त सरकारले लिएको सङ्कल्पलाई साकार पार्न माग गरेको छ ।  

यस्तै बैठकले महँगी र कालोबजारी तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । 

यस्तै मिटरब्याजी र सहकारी पीडितहरूबिच भएको सहमति कार्यान्वयन गर्न र दुग्ध किसानहरूको मागलाई सम्बोधन गर्न बैठकले माग गरेको छ ।