अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर अधिवेशन: भागवत राउतकाे अग्रता कायमै

एमाले उदयपुर अधिवेशन: भागवत राउतकाे अग्रता कायमै


उदयपुर-नेकपा (एमाले) उदयपुरकाे नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पदका उम्मेदवार भागवत राउतकाे अग्रता कायमै छ। 

निर्वाचन कमिटीका अनुसार ५५१ मध्ये हालसम्म २०० मत गणना भएको छ। दुई सय मतगणना हुँदा राउतको १२९ पाउनु भएको छ भने परमेश्वर घिमिरेकाे ७१ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, उपाध्यक्षमा ७४ मतका साथ दिलबहादुर तामाङकै अग्रता कायम छ। उहाँका प्रतिस्पर्धी कालुमान लामाले ५८ मत प्राप्त गर्नुभएको छ भने भरतबहादुर थापाले ४९ मत पाउनु भएको छ।

त्यसैगरी सचिवमा ७४ मतका साथ टेकबहादुर राउतकै अग्रता छ भने शम्भु पाैडेलकाे ५९ मत र महेश राेकाकाे ४२ मत रहेकाे छ।

सहसचिवमा ७३ मतका साथ हेमबहादुर खड्काकाे अग्रता कायम छ। दाेस्राेमा जीवनाथ दाहाल ३९ मत, मन्दिप राई २८,  दुर्गानन्द चाैधरी २५ र धर्मबहादुर तामाङकाे १४ मत छ।

महिला सहसचिवमा गङ्गा राइ ९६ मतका साथ अग्रता कायम छ भने महेश्वरी राइ ४९ र गीता खड्का ४३ मत रहेकाे छ।