अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 एमाले झापाको नयाँ नेतृत्व चयन, अध्यक्षमा गिरी सर्वसम्मत निर्वाचित 

 एमाले झापाको नयाँ नेतृत्व चयन, अध्यक्षमा गिरी सर्वसम्मत निर्वाचित 


काठमाडौँ– नेकपा एमाले झापाको नयाँ नेतृत्व चयन भएको छ । एमाले झापाको ११ औ अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । 

प्रेम कुमार गिरीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

उपाध्यक्षमा शिव  ढुङ्गेल, सचिवमा तुलसी  कार्की चयन हुनुभएको छ । यस्तै उपसचिव खुलातर्फ असारु राजबङ्सी र महिलातर्फ अनिता  कन्द्ङवा चयन हुनुभएको छ । 

एमाले झापाको अधिवेशन यही चैत १५ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

यस्तै सदस्यहरू पनि सर्वसम्मत गर्ने प्रयास जारी रहेको दाहालले जानकारी दिनुभयो । सबै पालिकाबाट सर्वसम्मत भएर आएको उहाँले बताउनुभयो । बाँकी सदस्यहरूको सर्वसम्मत गरेर हलबाट घोषणा गरिने उहाँले बताउनुभयो ।