अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामा

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामा


काठमाडौं-कर्णाली प्रदेशमा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिनु भएको छ।

बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा घोषणा गर्नु भएको हो।

केन्द्रमा बनेको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उहाँले राजीनाम दिनुभएको हो। केन्द्रीय गठबन्धनका शीर्ष नेतृत्वहरूले कर्णाली प्रदेशको नेतृत्व एमालेलाई छाड्ने सहमति गरेका थिए।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ। गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्।