अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्चायो: महेश बर्तौला

गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्चायो: महेश बर्तौला


काठमाडौं-नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले संसदीय अराजकता मच्याएको आरोप लगाउनु भएको छ।

प्रमुख सचेतक बर्तौलाले कांग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसद्मा अराजकता मच्याएको बताउनु भएको हो।

बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँ भन्नुभयो, ‘आज गृहमन्त्रीलाई बोल्छु भन्दा रोकेर एक प्रकारले भन्ने हो भने राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली कांग्रेसका तर्फबाट भएको छ।’

प्रमुख सचेतक बर्ताैलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनी कांग्रेसलाई प्रश्न समेत गर्नुभयो।

उहाँले भन्नभयो, ‘गृहमन्त्रीले बोल्छु भन्दा रोकेर एक प्रकारले भन्ने हो भने राजनीतिक असहिष्णुता र संसदीय अराजकता नेपाली कांग्रेसका तर्फबाट भएको छ। हामी सत्तापक्ष प्रतिपक्षलाई आग्रह गर्न चाहन्छौँ– यो हाउसमा प्रतिपक्ष मात्रै छैन। सरकार बीचमा छ। हामी गृहमन्त्रीलाई सुन्न चाहन्छौँ । सिंगो देशले गृहमन्त्रीमाथि लागेका प्रश्नको बारेमा सुन्न चाहन्छ। के उहाँहरूले रोकिरहने ? अनि हामी सत्तापक्षले कहाँ गएर सुन्ने हो ? हामी सत्ता पक्षले बोल्ने कहाँ गएर हो ? सरकारले कहाँ गएर बोल्ने हो ?’