काठमाडौँ– नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले ९८ जनाबाट १९ जना प्रहरी निरीक्षकको डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
हिजो बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को नियम २७ को उप–नियम ९४० अनुसार रिक्त दरबन्दीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेमा प्रहरी निरीक्षकहरु निर्मल पनेरु, दीपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, लक्षमण ओली लगायत १९ हुनुहुन्छ ।


प्रतिक्रिया