अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारीको नियमन, अनुगमन र अभ्यासमा त्रुटि देखा परेकाले समस्या सिर्जना भयो : नेता रिजाल 

सहकारीको नियमन, अनुगमन र अभ्यासमा त्रुटि देखा परेकाले समस्या सिर्जना भयो : नेता रिजाल 


काठमाडौँ– नेकपा एमालेका नेता विष्णु रिजालले सहकारीको नियमन, अनुगमन र अभ्यासमा त्रुटि देखा परेकाले समस्या सिर्जना भएको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा लेख्दै सार्वजनिक र निजी पुँजीबाहेक सहकारीलाई अलग्गै पुँजी ठान्ने सोचमै त्रुटि भएको उल्लेख गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ,’सार्वजनिक र निजी पुँजीबाहेक सहकारीलाई अलग्गै पुँजी ठान्ने सोचमै त्रुटि भएका कारण नियमन, अनुगमन र अभ्यासमा त्रुटि देखा परेकाले समस्या सिर्जना भएको छ । एकपछि अर्को नामहरू आइरहेका छन् । खोज्दै जाँदा यसमा को–को मुछिने हुन् ?’

नेता रिजालले सहकारीलाई तीन खम्बे अर्थतन्त्रको एउटा खम्बा माने पनि प्रभावकारी कानुनी व्यवस्था नहुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो,’सहकारीलाई तीन खम्बे अर्थतन्त्रको एउटा खम्बा माने पनि प्रभावकारी कानुनी व्यवस्था र सञ्चालनको अभाव अनि निश्चित व्यक्ति/समूहको चलखेलका कारण ठुलो मात्रामा सामूहिक पुँजी अपचलन हुँदा त्यसले धेरैलाई लपेट्ने देखिन्छ ।’ 

पछिल्लो समयमा सहकारीमा सरकारका मन्त्रीदेखि ठुला नेताहरूसम्म मुछिएको पाइएको छ ।