अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुचर्चित वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीसहित ३२ जना विरुद्ध मुद्दा दर्ता

बहुचर्चित वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीसहित ३२ जना विरुद्ध मुद्दा दर्ता


काठमाडौंनेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसहित ३२ जना विरुद्ध अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाही र नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित ३२ जना भन्दा बढीलाई विपक्षी बनाएर आज विशेष अदालतलमा मुद्दा दायर गरेको हो।

अख्तियारले पूर्वमन्त्री शाहीसहित पूर्वसचिव शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

कर्णालीका पूर्वमुख्यमन्त्री शाही हाल नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता हुनुहुन्छ। प्रतिवादी शिशिर ढुंगाना पूर्व अर्थसचिव हुनुहुन्छ। उहाँ तत्कालीन समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहेका बेला वाइडबडी जहाज खरिदमा समझदारीपत्र स्वीकृत गर्न गठित समितिका संयोजक हुनुहुन्थ्यो।

त्यसैगरी बुद्धिसागर लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन्। त्यसबेला पनि सहसचिव नै थिए। अन्य प्रतिवादीहरू टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे र अच्युतराज पहाडी त्यसबेला नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य थिए।

पहाडी निगमको इन्जिनियरिङ निर्देशकबाट अवकास प्राप्त हुन्। त्यसैगरी सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौला त्यसबेला सरकारका तर्फबाट निगम सञ्चालनक समितिमा प्रतिनिधित्व गर्ने सदस्य थिए।

उहाँ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला निगमको २ वटा वाइडबडी जहाज खरिद गर्ने निर्णय भएको थियो। २०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो।

दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। वाइडबडी जाहाज खरिदमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. रजु देउवा र उहाँका भाईहरु मुख्य योजनाकार रहेको तथ्य सोही बेला खुलेको थियो । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ।