अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता

गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता


काठमाडौं-गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। गृहमन्त्रालयमा हिजो भएको भेटमा आपसी सहकार्य र समन्वय बढाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

गृहमन्त्री लामिछानेसँग भेटवार्तामा मेयर बालेनले सुकुम्बासी समस्या समाधानबारे आफूले राखेको प्रस्तावमा के भयो भन्ने जिज्ञासा राख्नुभयो। ‘सुकुम्बासीको व्यवस्थापनमा म अगाडि बढेँ, तर गृह मन्त्रालयका कारण योजना सफल हुन सकेन’, मेयर बालेनले प्रश्न गर्नुभयो ।

यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई सहयोग नगरेको भन्दै असन्तुष्ट जनाउनु भएको थियो । श्रेष्ठ गृहमन्त्री हुँदा राखेका प्रस्तावहरुको फलोअपका लागि उनले लामिछानेलाई भेटेको महानगर स्रोतले बतायो।

उहाँले तीनकुनेको पार्कमा केही व्यक्तिको जग्गा परेको र त्यसको मुआब्जा वितरणको विषयमा मन्त्रालयमा फाइल अड्केको सुनाउनु भयो । यसैगरि, उहाँले काठमाडौंका केही स्थान ‘नो भेइकल जोन’ बनाउने आफ्नो अवधारणा प्रस्तुत गर्नुभयो। 

सार्वजनिक यातायातलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउन गृह मन्त्रालयले ध्यान दिन उहाँको आग्रह थियो।