काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतमा समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्।
बिहीबार दाँतमा समस्या देखिएपछि अध्यक्ष ओली अस्पताल पुगेका त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा.सुवास आचार्यले जानकारी दिए।
प्रा. डा आचार्यले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पताल आउनुभएको जानकारी पाएको छु। चिकित्सकहरूले हेरिरहनुभएको छ।’






प्रतिक्रिया