अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति

अध्यक्ष ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति


काठमाडौं-नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम र तस्बिर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता पत्र बनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीको नाम र तस्बिर प्रयोग गरी रास्वपाको सदस्यता पत्रमा टाँस्ने जस्तो निन्दनीय र निकृष्ट कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

आचार्यले राजनीतिक तथा वैचारिक लडाइँ आफ्नो ठाउँमा रहे पनि प्रविधिको चरम दुरुपयोग गर्दै फेक आइडी, फोटोसप तथा भ्रामक सामग्रीमार्फत समाजलाई दिग्भ्रमित पार्ने र शीर्ष नेताहरूको चरित्रहत्या गर्ने यस्ता कुचेष्टाहरू कदापि स्वीकार्य नहुने उल्लेख गरेका छन्।

उनले यस्तो कार्य केवल राजनीतिक मर्यादाविपरीत मात्र नभई प्रचलित नेपालको कानुन (विद्युतीय कारोबार ऐन) अन्तर्गत सजाययोग्य साइबर अपराधसमेत भएको बताएका छन्।

आचार्यले भ्रम फैलाउने पक्षलाई तत्काल यस्ता हर्कत बन्द गर्न कडा चेतावनी दिँदै भ्रामक सामग्री उत्पादन र प्रसारण गर्ने तत्वहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन तथा यस विषयमा साइबर ब्यूरोको ध्यानाकर्षण गराएका छन्।

Skip This