अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने

जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल बनाइने


जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा १२ करोड लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ ।

कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्न संघीय सरकारले बजेट विनियोजन गरेकाले अब ठेकेदार चयनलगायत प्रक्रिया शीघ्र पूरा गरेर निर्माण थालिने उनले जानकारी दिए । अस्पताल भवन बहुवर्षीय ठेक्कामा बनाइनेछ ।

नगरप्रमुख कठायतका अनुसार भवनका लागि चालु आर्थिक वर्षमा तीन करोड विनियोजन भएको छ । बहुवर्षीय ठेक्काको अवधि बढीमा तीन वर्षको हुनेछ ।