अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला

एमाले सोलुखुम्बुको अध्यक्षमा बास्तोला


सोलुखुम्बु-नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीको अध्यक्षमा डुफकुमार बास्तोला निर्वाचित हुनुभएको छ। शनिवार सम्पन्न आठौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो।

बास्तोला नेचा सल्यान गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन्। उहाँ दोस्रो पटक जिल्ला अध्यक्षमा सर्वसम्मत भएका हुन्।

त्यस्तै उपाध्यक्षमा आशकुमार राई र सचिवमा कल्पना राई चयन हुनु भएको छ।

कमिटीको उपसचिवमा मिङ्मा छिरी शेर्पा र मोहनकुमारी कार्की चयन भएका छन् ।