अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री महरासँगै तीन मन्त्रीद्वारा शपथ

लुम्बिनीका मुख्यमन्त्री महरासँगै तीन मन्त्रीद्वारा शपथ


रुपन्देही-लुम्बिनी  प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो।

मुख्यमन्त्री महरासँगै तीनजना मन्त्रीले पनि शपथ लिएका छन्। एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र  माओवादी केन्द्रका दीपेन्द्र पुनले मन्त्रीको शपथ लिएका हुन्।

लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि महराले दाबी पेस गर्नुभएको थियो।

महरालाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका थिए।