अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रहरीको नियन्त्रणमा


काठमाडौँऔराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले शाहीलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उहाँलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।

झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको एक स्रोतले जनाएको छ।