अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन एमाले-माओवादीले संकल्प प्रस्ताव दर्ता गर्ने

कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन एमाले-माओवादीले संकल्प प्रस्ताव दर्ता गर्ने


विराटनग-नेकपा एमाले र माओवादीको संसदीय दलले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई पद मुक्त गर्न संकल्प प्रस्ताव दर्ता गर्ने भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अड्डी कसिरहेका बेला एमाले र माओवादीको संसदीय दलले आज संयुक्त पत्रकार सम्मेलन गरेर पद मुक्त गर्न संकल्प प्रस्ताव दर्ता गर्न लागेको हो।

संसद नियममावलीको नियम ७० को १ ‘ग’ वमोजिम संकल्प प्रस्तावको व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर अघि बढ्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नेकपा एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बढीमा १५ दिनभित्र प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाउनै पर्ने दाबी गर्नुभयो। उहाँले भन्नभयो, ‘सरकारले बोलाएको अधिवेशनमा सरकारको प्रस्ताव हुन्छ। हामीले बोलाएकोमा हाम्रो प्रस्ताव हुन्छ, त्यो संकल्प प्रस्ताव हो । मुख्यमन्त्रीले देखाउने व्यवहारअनुसार संकल्प प्रस्ताव ल्याउँछौं।’

संविधानको धारा १८८ को उपधारा २ बमोजिम सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। जसअनुसार आगामी वैशाख २५ भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ।

संविधानको धारा १८७ को उपधारा ३ ले सम्पूर्ण सदस्य संख्या बहुमतले पारित हुन नसकेमा पदबाट मुक्त हुने कानुनी व्यवस्था रहेको भण्डारीले बताउनु भयो।

३० दिनभित्र विश्वासको मत नलिएमा स्वाभाविक रुपले प्रदेश प्रमुखले नयाँ सरकार गठनका निम्ति प्रक्रिया अघि बढाउनु पर्ने तर्क नेता भण्डारीको छ । उहाँले भन्नुभयो, ‘१६८ को २ बमोजिम अघि बढाउन या उपधारा ५ बमोजिम दोहोर्‍याउन पनि सक्नुहुन्छ ।’