अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान

कोशीमा वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान


विराटनगर-कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खापुङले आगामी वैशाख ६ गतेका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको छ।

नेकपा एमाले र नेकपा माओवादीका ५२ जना सांसद मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख खापुङले बैशाख ६ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो।

 प्रदेशसभाका एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको अधिवेशन आव्हान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।