अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली दुईजना मन्त्री सहित आज पूर्वीउत्तरी सिमाना ओलाङचुङगोला जानु हुँदै

अध्यक्ष ओली दुईजना मन्त्री सहित आज पूर्वीउत्तरी सिमाना ओलाङचुङगोला जानु हुँदै


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुईजना मन्त्री सहित आज पूर्वीउत्तर सिमाना ओलाङचुङगोला जाँदै हुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र रक्षा मन्त्री हरी उप्रेती सहित उहाँ त्यसतर्फ जान लाग्नु भएको हो । अध्यक्ष ओलीले अहिले विहान सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार ओलाङचुङगोला ५२ सय मिटरको उचाइमा रहेको छ । ३२ सय मिटिर भन्दा माथी यस गाउँमा बस्ती छैन । सामारिक मह्त्वको यस ठाउँमा उत्तरी सिमाना चीनको रिउबाट गोला जोड्ने मोटरबाटो आइपुगेको छ ।

५३सय मिटर उचाइमा रहेको टिपताला भञ्ज्याङ मानववस्ती भएको गोलाबाट २२ किलोमिटर टाढा पर्द५ । स्थाीयबासिन्दाहरुले श्रमदान मार्फत् यो २२ किलोमिटर सडक निर्माण गरेको नेपाल पत्रकार महासंघ ताप्लेजुभञ्ज्याङका अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार तमोर करिडोर मार्फत ओलाङचुङगोला जोडिएपछि यहाँका बासिन्दालाई ओहोरदोहोर गर्न सहज भएको छ । सदरमुकाम फूङलिङबाट ६५ किलोमिटरमा रहेको ओलाङचुङगोलामा साना सवारीको ओहोरदोहोर हुन थालेको छ ।
अध्यक्ष ओली ओलाचुङगोला जाँदा स्थानीय बासिन्दाले चीनकोसँगका नाका खोल्न माग गर्ने तयारी गरेका छन् । कोरोना संक्तमणसँगै चीन्ले यहाँको नाका बन्द गर्दा गोलाबाट हुने गरेको व्यापार बन्द भएको छ । खासगरी यहाँका बासिन्दाले गलैंचा र चौपाया विक्री गर्ने गरेका थिए । फक्ताक्लुङ गाउँपालिका वडा नं ७ मा रहेको ओलाङचुङगोलामा ५६ घर करिब ३ सय जनसंख्या छ ।